इन्डियन प्रिमियर लिग- आईपीएल ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता युएईमा

यस वर्षको इन्डियन प्रिमियर लिग- आईपीएल ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता युएईमा आयोजना हुने आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले पुष्टि गर्नुभएको छ । यसबारे औपचारिक घोषणा भने काउन्सिलको अब बस्ने बैठकपश्चात् मात्र गरिने पटेलले पनि बताउनुभएको छ । भारतीय क्रिकेटको राष्ट्रिय नियामक निकाय बीसीसीआईले बर्सेनि संचालन गर्दै आएको आईपीएल यस पटक २९ मार्चदेखि शुरू हुने तय भएको थियो तर कोरोनाभाइरस नियन्त्रणका लागि भारत सरकारले लकडाउन लागू गरेपछि अनिश्चितकालका लागि स्थगन गरिएको थियो । प्रतियोगिता मिति बारे आईपीएल काउन्सिलले केही उल्लेख नगरेपनि समाचारहरूमा जनाइएअनुसार सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म प्रतियोगिता आयोजना गर्ने बीसीसीआईको तयारी रहेको छ। यस वर्षको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको औपचारिक स्थगनको पर्खाईमा काउन्सिल रहेको र आईसीसीले उक्त प्रतियोगिता एक वर्ष पछाडि सारेपछि आईपीएल आयोजना गर्न लागिएको अध्यक्ष पटेलले बताउनुभएको छ । आइपिएल भारतबाहिर हुन लागेको यो तेस्रो पटक हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.