कोरोनका कारण सारिएको टोकियो ओलम्पिकको वर्ष दिनको काउण्टडाउन सुरु

काठमाडौं- कोरोना भाइरसका कारण सारिएको टोकियो ओलम्पिक आजको ठीक एक वर्षमा आयोजना हुदैछ । सानो समारोह आयोजना गरेर अन्तराष्ट्रिय ओलम्पिक कमिटी र आयोजक जापानले आजबाट काउन्टडाउन सुरु गरेका हुन् ।

यसैविच टोकियोका गभर्नर युरिको कोइकेले कोरोना भाइरस बिरुद्धको लडाई प्रमुख प्राथमिकता रहेको कारण टोकियो ओलम्पिक ढिलाइ भएको बताएकी छन् । हिजो मात्र टोक्यो ओलम्पिक आयोजक समितिका अध्यक्ष योशिरो मोरीले कोरोनाभाइरस महामारीको स्थिति यस्तै रहेमा अर्को वर्ष खेल आयोजना गर्न नसकिने बताएका थिए ।

कोभिड १९ सङक्रमणका कारण टोक्यो ओलम्पकि आयोजना अझै अनिश्चत छ । टोकियो ओलम्पिक २०२१ जुलाईमा हुने तय छ । खेलकुदको महाकुभ्भ मानिने ओलम्पिकमा २०६ राष्ट्रका ११ हजार भन्दा बढि खेलाडीले ३३ खेलका ३३९ स्पर्धामा भाग लिने छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.