साम्पडोरियासँग प्रतिस्पर्धा गर्दै युभेन्ट्स

इटालियन सिरी आ फुटबलमा आज उपाधि होडमा रहेको युभेन्ट्सले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दैछ ।

युभेन्ट्सको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति साढे १ बजे सुरु हुनेछ । युभेन्ट्सले आज १४ औं स्थानमा रहेको साम्पडोरियालाई पराजित गरे इटालियन सिरिएको उपाधि विजेता बन्नेछ । युभेन्ट्सलाई उपाधि जित्न मात्र ३ अंकको आवश्यकता रहेको छ । लिग लिडर युभेन्ट्सको ८० अंक छ ।

दोस्रो स्थानको इन्टर मिलानको ७६ अंक रहेको छ । युभेन्ट्सले घरेलु मैदानमा ३ अंक जोडेमा लगातार नवौं सिजन सिरी ुएु को उपाधि जित्नेछ । सिरी ुएु अन्तर्गत नै अर्को खेलमा लाजियोले भेरोनासँग खेल्दा काग्लियारीले उडिनेज र एसपीएलले टोरिनोसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.