यूभेन्ट्सको लगातार नवौं जित

यूभेन्ट्स ईटालियन फुटबल लिग  सिरि ए को ‍विजेता बनेको छ । गएराति भएको खेलमा स्याम्पाडोरियालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै शीर्ष स्थानमा रहेको यूभेन्ट्सले लगातार नवौं पटक लिगको उपाधि उचालेको हो ।

गत बिहीबार राति भएको खेलमा उडेनिजेसँग पराजित भएपछि लिग विजेता घोषित हुन यूभेन्टसले थप एक खेलको प्रतीक्षा गर्नुपरेको थियो । दुई खेल अगावै लिग उपाधि जितेको युभेन्ट्सलाई हिजोको खेलमा जित दिलाउन पहिलो हाफको इन्जुरी टाइममा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने ६७ औं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले अर्को एक गोल प्रहार गरेका थिए।

जारी लिगमा ३१ ‌औँ गोल गरेका रोनाल्डोले लिगको उपाधि आफ्ना समर्थकहरूप्रति समर्पित गरेको बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.