बाढी पहिरोः फोटो फिचर

कैलालीको भजनीमा बाढी पसेपछि स्थानीयवासीको महत्वपूर्ण कागजपत्र र सामग्री बचाउ गर्दै स्थानीय युवा । अविरल वर्षाका कारण भजनी नगरपालिकाका सबै वडा डुबानमा परेकाले सयौं परिवार विस्थापित छन् ।

निरन्तर पानी पर्दा भेरी नदीमा पानीको बहाव बढ्दै जाँदा सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारस्थित रहेको झोलोङ्गे पुल पानीको नजिक पुगे ।

तनहुँको व्यास नगरपालिका–१३, बेलवासमा भासिएको पक्की सडक ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा भासिएको सडक मर्मत गरिँदै । असार २९ गते परेको वर्षापछि उक्त सडक भासिएको छ ।

बागलुङ नगरपालिका–१० भकुण्डेमा पहिरो खसेर अवरुद्ध भएको सडक ।

अविरल वर्षाका कारण लमजुङको बेंसीशहर- चामे सडकखण्डको बेलाउती बिसायनी खरखरेमा पहिरोे खसेर सडक अवरुद्ध भएपछि जोखिम मोलेर मनाङतर्फ यात्रा गर्दै यात्रु ।

धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सीमामा पर्ने मोहना नदीमा बिहीबार आएको बाढीमा बगेर आएको दाउरा जोखिम मोलेर सङ्कलन गर्दै स्थानीय व्यक्ति । ( फोटो-रासस )

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.