अन्य जिल्लाबाट आउनेहरुलाई मकवानपुर प्रवेशमा रोक

मकवानपुर- भ्रमण ईतिहास (ट्राभल हिस्ट्री) नभएकाहरुबाट कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्य जिल्लाबाट मकवानपुर प्रवेशमा रोक लगाएको छ ।
पछिल्लो दुई दिनमा मकवानपुरमा १० जनामा संक्रमण पुष्टि भैसकेको छ । प्रहरीलाई संक्रमण देखिए पछि हेटौंडा उपमहानगरपालिकाको एक प्रहरी चौकी शिल भएको छ ।

हेटौंडाको चुरेहिल अस्पतालमा उपचारत एक जनालाई कोरोना पुष्टि भएपछि उक्त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि क्वारेन्टाईनमा बसेका छन् । प्रदेश राजधानी समेत रहेको जिल्लामा ट्राभल हिस्ट्री नभएकाहरुमा कोरोना संक्रमण देखिएसँगै प्रशासन कार्यालयमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुर आवागमनमा रोक लगाएको हो । बैठकले साउन ३२ गतेसम्म अन्य जिल्लाबाट श्रमिक कामदार ल्याउन पनि रोक लगाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.