केराखेतीतर्फ आकर्षण बढ्दो

धादिङ- केराले बजार राम्रो पाउन थालेसँगै शिद्धलेक गाउँपालिकाका किसानहरुले खेर गएको भिरालो जमिनमा समेत केरा खेती गर्न थालेका छन् ।
पहिले आफ्नो घर खर्चका लागि मात्र केरा लगाउँदै आएका यहाँका किसानहरुले आजकाल व्यवसायिक रुपमा नै खेती सुरु गरेका हुन् ।
खेर गएको भिरालो जमिनका साथै बारीको डिलमा लगाएको केराबाटै राम्रो आम्दानी गर्न थालेपछि किसानहरुले ब्यवसायिक रुपमा केरा खेती गर्न थालेका हुन् ।
विक्रिका लागि बजारको समस्या नहुने र किसानको बारीमा नै ब्यपारीहरु केरा लिन आउने भएपछि उनीहरु झन हौंसिएका छन ।
अन्य बालीको तुलनामा केरा लगाउन समेत सजिलो हुने र पानीको आवाश्यकता धेरै नपर्ने भएकोले पनि किसानहरु नगदेबाली केरा खेतीतर्फ आर्कषित भएका हुन् ।
शिद्धलेकका सामान्य किसान परिवाले पनि केरा विक्रिबाट मासिक पैंतिसदेखि पचास हजारसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।
पहिले भारतबाट केरा आयत हुने गरेकोमा आजकाल केही हदसम्म भएपनि स्थानीय रुपमा उत्पादन भएको केराले नै बजार पाउने गरेको छ ।
खासगरी, कोरोना भाइरसको संक्रमण सुरु भएयता स्थानीय केराले बजार राम्रो पाउन थालेको छ ।
प्रति घरी काँचो केरोको कोसा अनुसार किसानहरुले अहिले चार सयदेखि सात सयसम्म मुल्य पाउने गरेका छन् ।।






प्रतिक्रिया राख्नुहोस्