रोयल च्यालेन्जर्स ब्याङ्गलोर विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको तेस्रो खेलमा रोयल च्यालेन्जर्स ब्याङ्गलोर विजयी भएको छ।

यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा सोमबार साँझ भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्न ब्याङ्ग्लोर सफल भयो। टस हारेपछि ब्याटिङको निम्तो पाएको ब्याङ्ग्लोरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६३ रन जोडेको थियो। जितसँगै ब्याङ्ग्लोरले दुई अंक जोडेको छ।

यसैबीच आईपीएलको चौथो खेलअन्तर्गत आज राजस्थान रोयल्स र चेन्नई सुपरकिङ्ग्स बीच प्रतिस्पर्धा हुँदैछ। सो खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरू हुनेछ। साविक उपविजेता चेन्नईले उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई हराउँदै विजयी शुरूवात गरिसकेको छ भने राजस्थानले आईपीएलअन्तर्गतको आफ्नो पहिलो खेल खेल्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.