आईपीएलमा मुम्बई इन्डियन्स विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा साविक विजेता मुम्बईले कोलकाता नाईट राइडर्सलाई आठ विकेटले हराउन सफल भयो। जितसँगै मुम्बई आईपीएलको शीर्ष स्थानमा समेत उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो । १ सय ४९ रन लक्ष्य पाएको मुम्बईले उक्त लक्ष्य १६.५ ओभर मा मात्र दुई विकेटको क्षतिमा भेट्टायो ।

हालसम्म आठ खेल खेलेको मुम्बईले ६ मा जित र दुई हार सहित १२ अंक जोडेको छ । दिल्ली क्यापिटल्सको पनि समान १२ अंक भएपनि रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा पुग्न सफल भएको हो। यसैबीच आईपीएलअन्तर्गत आज दुई खेलहरू हुँदैछन्। दिउँसो तीन बजेर ४५ मिनेटमा शुरू हुने पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोरबीच खेल हुँदैछ।

त्यस्तै साँझ सात बजेर ४५ मिनेटमा शुरू हुने दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्ग्सबीच खेल हुँदैछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.