म्यान्चेस्टर यूनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

म्यान्चेस्टर यूनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

यूनाइटेडले आफ्नो घरेलु मैदानमा भएको खेलमा वाटफोर्डलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै आगामी चरणमा स्थान पक्का गरेको हो। खेलको पाँचौ मिनेटमा स्कट मक्टोमिनेले गरेको गोल नै निर्णायक बन्यो।

त्यस्तै अर्को खेलमा साविक विजेता आर्सनलले न्यूक्याशल यूनाइटेडलाई शून्यका विरुद्ध दुई गोलले हराउन सफल भयो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा गोल गर्दै आर्सनलले चौथो चरणमा स्थान सुरक्षित गरेको हो।

आर्सनलले हालसम्म एफए कप सर्वाधिक १४ पटक जितिसकेको छ।

त्यस्तै रोथर्यासम यूनाईटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै एभर्टन चौंथो चरणमा प्रवेश गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.