ब्याडमिन्टनः राष्ट्रिय बरियताका तामाङ्गलाई पराजित गर्दै दाहाल फाइनलमा

काठमाडौ- सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराईज १०औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

प्रिन्सले राष्ट्रिय बरियतामा एक नम्बरमा रहेका रत्नजित तामाङ्ग माथि २१-१४, १५-२१, २१-१५ को जित निकाल्दै फाईनलमा स्थान बनाएका हुन् ।

प्रिन्सको रत्नमाथिको यो लगातार दोश्रो जित हो । लगातार आठ पटकका बिजेता रत्नलाई प्रिन्सले पराजित गरेका हुन् । अब उनले फाईनलमा उपाधीका लागि एपिएफका दिपेश धामीको सामना गर्नेछन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ बरियताको स्पर्धामा जेशिका गुरुङ्ग फाईनल प्रवेश गरिन् ।

जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन नङ्गशल देवी तामाङ्गलाई पराजित गर्दै फाईनलमा हालकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनको सामना गर्ने भएकी छिन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.