आईपीएलः मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जीत निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बई २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा समेटिएको थियो । कोलकाताका अलराउण्डर आन्द्रे रसेलले दुई ओभरमा पाँच विकेट लिएपछि मुम्बई सस्तैमा अलआउट भएको हो ।

१५३ रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको कोलकाता २० ओभरमा सात विकेट गुमाउँदै १४२ रनमा रोकिएपछि १० रनले मुम्बईले यो जीत हात पारेको हो ।

कोलकातालाई सस्तैमा समेट्न मुम्बईका स्पीनर बलर राहुल चहरले आफ्नो व्यक्तिगत चार ओभरमा २७ रन खर्चेर चार विकेट लिन सफल भएका थिए । राहुल चहर यस खेलका प्लेयर अफ द म्याच घोषित समेत भएका थिए । आज साँझ हुने खेलमा भने रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीच आमनेसामने हुँदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.