लण्डनमा जारी विम्वल्डनमा जोकोभिच तेश्रो चरणमा

यस वर्षको दोश्रो ग्रामस्लाम अन्तर्गत लण्डनमा जारी विम्वल्डनमा जोकोभिचले दोश्रो चरणको यात्रा पुरा गरी तेश्रो चरणमा पुगेका छन् ।

गएराति सम्पन्न खेलमा विश्व नं १ का सर्वियाली खेलाडि जोकोभिचले साउथ अफ्रिकाका केभिन एण्डर्सनलाइ ६-३ , ६-३ र ६-३ को सोझो सेटमा पराजित गरेका हुन्।

लण्डनको सेन्ट्रल सिटमा सम्पन्न खेलमा केभिनले व्रेक पोइन्टस हात पार्न नसक्दा जोको भिचले सजिलै यो जित आफ्नो पक्षमा पारेका हुन् ।

अव तेश्रो चरणमा जोकोभिचले अमेरिकी खेलाडि डेनिस कुड्लासंग प्रतिस्पर्धा गर्दैछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.