किंग्स इलेभन र विराटनर वारियर्सबीचको खेल रद्द

काठमाडौं– मैदान चिसो भएका कारण एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत काठमाडौं किंग्स इलेभन र विराटनर वारियर्सबीचको खेल रद्द भएको छ ।

काठमाडौंमा हिजो पानी परेपछि पोखरा राइनोज र भैरहवा ग्ल्याडियर्सबीचको खेल रद्द गरी दुबै टोलीलाई १(१ अंक दिइएको थियो । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित मैदान ओसिलो भएका कारण खेल हुन नसक्ने भएपछि आजको खेल रद्द गरिएको हो । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.