पीएसजीमा प्रवेश गरेका मेस्सीको उत्कृष्ट गोलसँगै सिटीसँगको हारको श्रृंखला तोडियो

युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो राउण्डको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।

आफ्नो घरेलु मैदान पार्क डे प्रिन्सेसमा आज बिहान सम्पन्न खेलमा स्पेनिश स्टार खेलाडी लियोनल मेस्सीले पीएसजीलाई आफ्नो पहिलो गोल दिलाउँदै २-० गोलले जीत आफ्नो पक्षमा पारेको हो ।

खेलको आठौं मिनेटमा स्ट्राइकर इड्रिसा गाना गुआईले गोलको खाता खोल्दै पिएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७४औं मिनेटमा लियोनल मेस्सीले सानदार गोल गर्दै सिटीलाई पराजित गरेको हो ।

लियोनल मेस्सी पीएसजीमा आएपछिको यो पहिलो गोल सँगै  छ ।

त्यसैगरी च्याम्पियन्स लिगमा गएराती सम्पन्न आठ खेलहरुमा लिभरपुलले एफसी पोर्टोमाथि ५-१ गोलको फराकिलो जीत निकालेको छ ।

त्यसैगरी एसी मिलान एट्लेटिको मेड्रिडसँग १-२ गोल अन्तरले स्तब्ध बन्न पुगेको छ भने च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिश क्लब रियल मेड्रिड आफ्नै घरेलु मैदानमा पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग १-२ गोलले पराजित भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.