रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

रोल्पा- गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन मगर विजयी हुनुभएको छ । उहाँले दुई हजार ५४८ मतका साथ नेकपा (एमाले)का रोशनकुमार वलीलाई ८५ मतान्तरले पराजित गर्नुभएको हो ।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसको अमृता केसी वलीले दुई हजार ९०९ मत प्राप्त गरी प्रतिस्पर्धी एमालेको निर्मलाकुमारी वलीलाई पराजित गर्नुभएको छ ।

कांग्रेसवाट उक्त गाउँपालिकाको १, २, ४, ५ र ७ वडामा अध्यक्ष निर्वाचित भएका छन् भने वडा नंं ६ मा एमाले तथा वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.