मण्डनदेउपुरमा एकीकृत समाजवादी, उपप्रमुखमा नेपाली कांग्रेस विजयी

काभ्रे- एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका वाइबाले ९ हजार ४ सय ६ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले ८ हजार ३ सय ५१ मत ल्याएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका नेपालले ११ हजार ३ सय ५ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याएका छन् ।

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएको छ । यस्तै २,३, ६,९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ । यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.