रोशी गाउँपालिकामा गठबन्धन तर्फबाट अध्यक्षमा कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र विजयी

काभ्रे- काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । रोशी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) विजयी भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मदेवार लामाले ७ हजार ५ सय ३४ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका देवसागर लामाले ६ हजार ३ सय ५८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा माओवादीका वाइवाले ६ हजार ६ सय ७२ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका बबिता बोहोराले ५ हजार ९ सय ४३ मत ल्याएका छन् ।

काभ्रेको १३ पालिकामध्ये ८ वटा पालिकाको मत गणना कार्य सम्पन्न भएको छ ।

जिल्लाको बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका र रोशी गाउँपालिकाको मत गणना कार्य सम्पन्न भएको छ भने जिल्लाको धुलिखेल,पनौती,पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका र महाभारत गाउँपालिका गरी ५ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.