काभ्रेको महाभारत गाउँपालिकामा गठबन्धनतर्फका उम्मेदवार विजयी

काभ्रे- जिल्लाको महाभारत गाउँपालिकामा गठबन्धनतर्फका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका कान्छालाल जिम्बा पुनः अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान विजयी हुनुभएको हो ।

जिम्बाले ४ हजार ८ सय ९१ मत र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर वाइबाले ३ हजार १ सय ९५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान ४ हजार १ सय ६९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी शान्ति तितुङले १ हजार ५ सय ३० मत प्राप्त गर्नुभएको छ

वडा नं १, ४, ६ र ८ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ३, ७ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । काभ्रेको १३ स्थानीय तहमध्ये १२ वटा पालिकामा मत गणना कार्य सम्पन्न भइसकेको छ । जिल्लाको पाँचखाल नगरपालिकाको मत गणना जारी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.