मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सुरु गर्‍यो प्रतिभाको खोजी

काठमाडौं– मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट बिभागले ‘टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरीबाट क्रिकेट खेलाडी छनौटको सुरुवात गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत बिहिबार प्रदेश १ मोरङको बिराटनगरबाट विभागले “अन्डर १८ ईमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९” बिहीबारबाट औपचारिक सुरुवात गरेको हो । उक्त कार्यक्रम मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको उक्त कार्यक्रमको मदन भण्डारी स्पोर्टस एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले जननेता भण्डारीको तस्विरमा माल्यापर्ण संगै अम्पायरलाई बल हस्तान्तरण गरी उद्घाटन् गर्नुभयो ।

दुई दिन सम्म चल्ने उक्त प्रतियोगितामा तिन टिम सहभागिता रहेको विभागका अध्यक्ष एवम पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले जानकारी दिनुभयो । विभिन्न तिन टिममा सहभागि ४० जना खेलाडीहरु प्रदेश १ का सवै जिल्लाबाट ट्यालेन्ट हन्टमार्फत छनौट गरिएको उहाँले बताउनुभयो । दुई दिने प्रतियोगिता पश्चात प्रदेश १ को टिम तयार गरिने समेत उनले जानकारी दिनुभयो ।

छनौट गरिएका खेलाडीहरुलाई प्याट्रोटिक क्रिकेट एकेडेमी सेन्टर, मिल्स क्रिकेट एकेडेमी ट्रेनिङ सेन्टर र बिराटनगर क्रिकेट क्लव ट्रेनिङ एकेडेमीमा विभाजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गौचनले बताउनुभयो । प्रतियोगिता २५/२५ ओभरको हुने उहाँले जानकारी दिनुभयो ।

‘ट्यालेन्ट हन्ट’ मेची–महाकाली अभियान मार्फत सातै प्रदेशमा प्रतिभावान खेलाडीको पहिचान गरी आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सक्षम बनाईने उपमहासचिव श्रेष्ठले बताउनुभयो । एकेडेमीले यो महिना क्रिकेट सँगै अन्य ८ वटा खेलको आयोजना गरि जननेता मदन भण्डारी स्मृति दिवस मनाउने योजना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.