फिफा विश्वकप फुटबलः कोष्टारिकामाथि स्पेनको गोलको वर्षा

कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कतारको अल थुमामा स्टेडियममा आज राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले विजयी सुरुआत गरेको हो । स्पेनले खेलको पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल गर्‍यो ।

स्पेनको जितमा फेरान टोरेसले दुई गोल गरे भने डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक÷एक गोल गरे ।

स्पेनले खेलको ११औँ मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । खेलको २१औँ मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २–० को बन्यो । खेलको ३१औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० ले अघि रह्यो ।

कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । खेलको ५४औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । ७५औँ मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए ।

खेलको ९०औँ मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७–० गोलको फराकिलो जित दिलाए। यस जितसँगै समूह ‘ई’ को स्पेनले पहिलो खेलमै ३ अङ्क जोडेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.