मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

रुपन्देही- मनाङ मर्स्याङदी क्लव रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल-११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाइ २-१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लव अन्तिम चारमा स्थान बनाएको हो । शुरु देखि नै दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काएपनी जितको लागि पर्याप्त भएन ।

मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठले खेलको ३२औं मिनेटमा र चेतन कुमार थारुले पहिलो हापको एक्स्ट्रा टाईममा एक एक गोल गरेका थिए । क्लवका खेलाडी अनिस पोमु लिम्बू र जीवन गुरुङले पहेँलो कार्ड पाएका थिए ।

नेपाल पुलिस क्लवका बुद्ध बल तामाङले एक गोल फर्काएका थिए। तामाङले दोस्रो हापको १७ औ मिनेटमा गोल गरेजा थिए । नेपाल पुलिस क्लवका खेलाडी मनोर राई र कृष्ण गुरुङले पहेँलो कार्ड पाएका थिए ।

दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.