एडीविएल कर्मचारी संगठनद्वारा ब्याडमिन्टन प्रतियोगिताको आयोजना

काठमाडौँ- कृषि विकास बैंक लिमिटेडको ५७औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संगठन नेपालले ब्याडम्यान्टिन प्रतियोगिता आयोजना गरी प्रतियोगिताका विजेतालाइ पुरस्कार एवम् ट्रफी प्रदान गरेको छ ।

संगठनले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा आन्तरिक र अन्तर बैँक तथा बित्तिय संस्थाहरुबीच प्रतियोगिता भएको थियो ।

जस अन्तर्गत अन्तर बैंक तथा वित्तीय संस्थान मेन्स डबल इभेन्ट्स अन्तर्गतको प्रथम पुरस्कार भने ADBL को Team A का बिनय कुमार पाण्डे र राज कुमार निरौला प्राप्त गर्नु भयो । यस्तै  दोस्रो पुरस्कार RBBL Team A का  गुप्त के.सि. र हरिकृष्ण बिस्ट ले प्राप्त गर्नु भयो ।

त्यसै गरि तृतीय पुरस्कार  ADBL Team C र RBBL  Team B ले प्राप्त गर्यो । प्रतियोगितामा कृषि विकास बैंक, रास्ट्रीय बाणिज्य बैंक , नेपाल रास्ट्र बैंक, बिमा प्राधिकरण , नागरिक लगानी कोष , संचय कोष र नेपाल बैंक लिमिटेड का जम्मा १६ वटा Team को सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.