गाउँमा एक सय बढीको आँखा परीक्षण

नुवाकोट-  आँखाका बिरामीहरूको सुविधाका लागि नुवाकोटको पूर्वी ग्रामीण भेग शिवपुरीमा विशेषज्ञ आँखा परीक्षण गरिएको छ । यस वाट गाउँवासी निकै लाभान्वित भएका छन् ।

शिवपुरी आधारभूत अस्पताल शेराबगरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा  रेडक्रस नुवाकोट र  जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा आँखा परीक्षणसहित मोतिया विन्दु छनौट शिविर सम्पन्न भएको छ । यसअघि, शिविरको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले उद्घाटन गरेका थिए ।

उनले प्राणी तथा मानवीय जगतमा दृष्टि निकै महत्त्वपूर्ण रहेका कारण आँखाको स्याहार तथा संरक्षणमा जागरूक हुनुपर्ने वताउनुभयो ।  उक्त शिविरमा एक सय एक १ जनाको  आँखा परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये १० जना मेतियाविन्दुको शल्यक्रिया गर्नको लागि सिफारिस भएको नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले जानकारी दिए ।  छनौट भएका बिरामीहरूलाई तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टरद्वारा केही दिनमै विदुरमा शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.