आठ वर्षमा १८८ किलोमिटर सडक कालोपत्रे

दाङ-  दाङको घोराही उपमहानगरपालिकाले ८ वर्षमा १ सय ८८ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

देश सङ्घीय संरचनामा गएसँगै पहिलो पटक भएको स्थानीय तह निर्वाचनबाट बनेको स्थानीय सरकारले २०७४ यता उपमहानगरपालिकाभित्रका विभिन्न ग्रामीण सडकहरू कालोपत्रे गर्ने काम गरेको हो । उपमहानगरले १९ नम्बर वडा कार्यालय बाहेक अन्य १८ वटै वडा कार्यालय जोड्ने सडक र तथा सहर भित्रका विभिन्न सडक कालोपत्रे गरेको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

यस्तै उपमहानगरले १ सय ६६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । घोराही–धर्ना डाँगी गाउँ हुँदै रिहार जोड्ने नयाँ सडक निर्माण र घोराही चाक्ली घाट हुदैं बेल दमार जोड्ने वैकल्पिक मार्ग निर्माण गरिएको पनि नगर प्रमुख चौधरीले बताउनुभयो ।

सोही अवधिमा उपमहानगरले २ सय ४३ किलोमिटर सडक ग्राभेल र १ सय ७५ किलोमिटर पक्की नाला समेत निर्माण गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.