विश्वकप क्रिकेटः अफगानिस्तान ‘सुपर–८’ मा प्रवेश

काठमाडौँ, ३२ जेष्ठ- अफगानिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर-८ चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर-८ चरणमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले १९ दशमलव ५ ओभरमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १५.१ ओभरमा केवल तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।

अफगानिस्तान समूह ‘सी’ बाट सुपर-८ चरणमा पुगेको हो । यसअघि सोही समूहबाट वेस्ट इन्डिज सुपर–८ चरणमा पुगिसकेको छ । उक्त समूहमा रहेका अन्य टोली पपुवा न्यु गिनी, युगान्डा र न्युजिल्यान्ड भने घर फर्किने निश्चित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.