लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

लुम्बिनी – लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ ।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको थियो । मन्त्रीमा नियुक्त भएदेखिनै उहाँको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उहाँले मन्त्री पदबाट राजिनामा दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.