महिला फुटबल लिग: बागमतीमाथि वालिङ हाबी

काठमाडौं – शीर्ष पाँचमा पुग्न महत्त्वपूर्ण मानिएको खेलमा वालिङ नगरपालिकाले बिहीबार जारी महिला फुटबल लिगमा बागमती यूथ क्लबमाथि फराकिलो जित निकालेको छ ।

लिगको शीर्ष पाँचभित्र अटाउने टोलीले सुपर लिगको यात्रा तय गर्नेछ । त्यसैले शीर्ष पाँचका दाबेदार मानिएको वालिङ र सघंर्षरत बागमती दुवैका लागि यो खेल महत्त्वपूर्ण थियो । तर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स फुटबल मैदानमा वालिङ हाबी भयो र महत्त्वपूर्ण तीन अङ्क पनि प्राप्त ग¥यो । वालिङको जितमा विदेशी खेलाडी सिसी एनटोङ्गो र ज्याकलिन नसालीको प्रदर्शन उत्कृष्ट रह्यो । जितसँगै ६ खेलबाट १२ अङ्क जोड्दै वालिङ चौथो स्थानमा उक्लिएको छ ।

यता शीर्ष पाँचकै दाबेदार बागमती भने समान खेलबाट चार अङ्कका साथ आठौँ स्थानमा छ । वालिङको जितमा सिसी र ज्याकलिनले समान दुई गोल गरे । वालिङले दुवै हाफमा समान दुई गोल गरेको हो । खेलको २२ औँ मिनेटमा एनटोङ्गोको गोलमार्फत वालिङले अग्रता लिएको थियो । एनटोङ्गोले फ्रिकिक प्रहारमा भएको असफलतालाई सदुपयोग गरेकी हुन् । उनले करिब १८ यार्डबाट गरेको फ्रिकिक बागमतीका खेलाडीको बारमा ठोक्किँदै फर्कियो ।

लगत्तै उनको लेफ्ट फुटेट सट गोलमा परिणत भयो । ४१ औँ मिनेटमा वालिङले अग्रता दोब्बर बनायो । एनटोङ्गोकै गोलबाट वालिङले अग्रता दोब्बर बनाएको हो । सुक्रिया मियाले गरेको प्रहार पहिलो बारमा लागेर फर्कियो । लगत्तै बागमतीका खेलाडी क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै एनटोङ्गोले फेरि लेफ्ट फुटेट सट गोलमा परिणत भएको हो । यससँगै पहिलो हाफमा वालिङले २–० को अग्रता लियो । वालिङले दोस्रो हाफमा गोल थप्यो । वालिङले ५४ औँ मिनेटमा तेस्रो गोल ग¥यो ।

यसपल्ट पनि बागमतीको फितलो डिफेन्सको फाइदा लिँदै वालिङले गोल गरेको हो । एनटोङ्गो राइट साइडबाट गरेको फ्रिकिक प्रहार बागमतीको डिफेन्डरले फितलो क्लियर गर्दा नसालीले गोल गरेकी हुन् । ८३ औँ वालिङले चौथो गोल ग¥यो । नसालीले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई फराकिलो जित दिलाएकी हुन् । सुस्मा तामाङका प्रहार वागमतीकी गोलकिपर सुजता तामाङले सुरुआतमा रोकिन् । तर, सोही बल रिबाउन्ड हुँदा सुस्माले अनमार्क नसालीलाई पास दिइन् । उक्त अवसरमा नसालीले खाली पोस्टमा गोल गरेकी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.