बाढी-पहिरो पीडितको सहयोगार्थ विश्व दोङको डम्फु साँझ 

काठमाडौं– देशभर गएको बाढी–पहिरो पीडितको सहयोगार्थ गायक तथा संगीतकार विश्व दोङले सांगीतिक प्रस्तुति दिनु भएको छ । तामाङ जातिको मौलिक बाजा तथा सांस्कृतिक चिनारीको प्रतिक डम्फु संस्कृतिलाई जोगेर्ना समेत गर्ने उदेश्यले उहाँको एकल गायन प्रस्तुति ‘ऐतिहासिक डम्फु सांझ– २०८१’ शनिबार साँझ काठमाडौंमा सम्पन्न भएको हो ।

तामाङ सेलो केन्द्रित सांगीतिक प्रस्तुतिमा गायक विश्व दोङले तामाङ संस्कृति, रितिरिवाजदेखि माया–प्रेम र सामाजिक विषयबस्तु समेत समेटिएको एक दर्जन बढि गीत गाउनु भएको थियो । ‘डम्फुको तालमा रहेको गीतसङ्गीत तथा कला संस्कृति प्रबद्र्धन गर्नुका साथै तामाङ सभ्यताको विकास गरी नेपाली राष्ट्रिय पहिचान संसारभरि फैलाउने उदेष्यसाथ कार्यक्रम गरिएको गायक दोङले बताउनुभयो । कार्यक्रम पुर्व निर्धारित भएपनि यसबाट उठेको रकम भने बाढी- पहिरो पीडितको सहयोगार्थ हुने उहाँले बताउनु भयो ।

डम्फुसाँझको यो दोस्रो संस्करण हो । यसअघि गायक दोङले २०७५ सालमा पहिलो डम्फु सांझ सम्पन्न गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ तामाङले वरिष्ठ सेलो गायक चन्द्रकुमार मोक्तान, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङ र रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामालाई सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.