रसुवाको टिमुरेमा सुख्खा पहिरो ,आठ वटा कन्टेनरमा क्षति

रसुवा – रसुवाको टिमुरेमा आज राती गएको सुख्खा पहिरोले आठ वटा कन्टेनरमा क्षति पुगेको छ ।

चीनको केरुङमा चीनीयाँ समान लिन जान लागेका केन्टनरमा पहिरोले क्षति गरेको हो ।

छ वटा कन्टेनर पुर्ण रुपमा क्षति पुगेको छ भने दुई वटा कन्टेनरमा आंशिक क्षति पुगेको सिमा प्रहरि चौकि टिमुरेका प्रहरि नायब निरिक्षक कृष्ण बहादुर धितालले जानकारी दिनुभयो ।

पहिरोले मानबिय क्षति भने नभएको उहाँको भनाई छ ।

उता चीन तर्फको सडक पनि बर्षात र पहिरोका कारण पूर्ण रुपमा अबरुद्घ रहेकाले चीनको केरुङमा चीनीयाँ समान लिनका लागि हिडेका नेपाली कन्टेनरहरु सयौंको संख्यामा बीच बाटामा नै अलपत्र अबस्था रहेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.