संविधानले निर्देशित गरेको संरचनाले पूर्णता नपाउँदा संविधान विरोधीले टिप्पणी गर्न थाले : मुख्यमन्त्री कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको सङ्घीय ढाँचामा लैजान ढिलाइ गर्दा सङ्घीयताप्रति नै टीकाटिप्पणी गर्ने अवस्था आएको बताउनुभएको छ। आज देखी वीरेन्द्रनगरमा सुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संबोधन गर्दे मुख्यमन्त्री कँडेलले संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान बिरोधीले टिप्पणाी गर्ने बाटो खुलेको धारणासमेत राख्नुभयो ।
संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरी कानुन निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिने मुख्यमन्त्री कँडेलले बताउनुभयो । प्रदेशका सबै सुरक्षा निकायहरूसँग समन्वयात्मक ढले काम भइरहेको भए पनि व्यवहारिकता मात्रले मात्र समन्वय गर्दा कार्यान्वयनमा जटिलता आउने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो ।
संविधानतः प्रदेशलाई प्राप्त शान्ति सुरक्षा कायम गर्न प्रहरी समायोजनको विषयलाई अन्योलपूर्ण नराखी छिटो टुङ्गोमा पुगाउन पनि मुख्यमन्त्री कँडेले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, गृहमन्त्री ज्यूलाई यो विषयमा राम्रोसँग जानकारी छ, जे गर्ने हो छिटो टुङ्गो लगाउनेतिर ध्यान दिनुहोला।
गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित गोष्ठीमामा गृहमन्त्री रमेश लेखकले सङ्घीयता अनुसारको कानुन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारको निरन्तर अस्थिरताले मुलुकमा विकास ,शान्ति सुरक्षा विकास र आर्थिक समृद्धिमा बाधक बनेकोले संविधानको रक्षा गरी मुलुकमा स्थिरता दिन दुई ठुला दल मिलेर सरकार सञ्चालन गरेको बताउँदै गृहमन्त्री लेखकले सेवा प्रवाह र सुशासनको विषयमा कुनै पनि सम्झौता नगरेर काम गर्न निर्देशन दिनुभयो ।
गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र केन्द्र, प्रदेश तथा जिल्लास्थित राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेको छ।






प्रतिक्रिया राख्नुहोस्