घरबारविहीनलाई आर्थिक सहयोग

 नुवाकोट –  गत २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पले घर वार विहीन भएका नुवाकोटको वान्द्रेका एक असहायलाई घर निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । भूकम्पले घर भत्काएर आठ वर्षदेखि अस्थायी टहरोमा  बस्दै आएका पञ्चकन्या गाउँपालिका ५ बान्द्रेका वीरबहादुर सिटौलालाई घर बनाउन आर्थिक सहयोग जुटेको हो ।

दुप्चेश्वर घर भई नेकपा एमाले नुवाकोट क्षेत्र नं. १ का अध्यक्ष शुशीलकुमार खड्काले सिटौलालाई घर बनाउनका लागि एक लाख रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गर्नुभएको हो । घरबारविहीन रहेका सिटौलालाई खड्काले पञ्चकन्या गाउँपालिका पुगेर नगद एक लाख रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.