महिला च्याम्पियनसिप फाइनल: पहिलो हाफ बराबरीमा

काठमाडौं- फोर नेसन्स वूमन्स च्याम्पियनसिप अन्तरगत फाइनल खेलमा आयोजक नेपालले म्यानमारसँग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो हाफ सकिँदा दुबै टोलिले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोलिले गोल गर्ने प्रयास गरेपनि सफल भने हुन सकेनन् । खेलको २४ औ मिनेटमा म्यानमारले अग्रता लिने अवसर गुमायो । बिमला बिकले म्यानमारको गोल हुन दिइनन् । म्यानमारका सान थले प्रहार गरेको बललाई बिमलाले विफल पारिन् । उनी गोल पोस्टमा रहँदा सान थको प्रहार सिधै बिमलालाई लागेको थियो ।

३४ औं मिनेटमा नेपालले गोल गर्न चुक्यो । साबित्रा भण्डारी र सरु लिम्बुले गोल गर्न सकेनन् । रेखा पौडेलले उपलब्ध गराएको पासमा डि-बक्स भित्र पाएको अवसरलाई दुबै जनाले प्रहार गरेको बल म्यानमारका खेलाडीलाई लाग्न पुग्यो ।

खेलको ४३ औं मिनेटमा रेखा पौडेलले हेडिङबाट गोल गर्न लाग्दा म्यानमारका डिफेन्डरले उनलाई रोके । नेपाली खेलाडीमा आपसी तालमेल नमिल्दा नेपालले गोल गर्न सकेन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.