पर्यटक नआउँदा  वनकरिया होमस्टे जीर्ण

मकवानपुर – लोपोन्मुख वनकरिया समुदायको आर्थिक उत्थान गर्ने उद्देश्यले मनहरी गाउँपालिकामा निर्माण गरिएको होमस्टे जीर्ण बनेको छ ।

मनहरी गाउँपालिका–४, मुसेधापस्थित वनकरिया बस्तीमा ८ लाखको लगानीमा निर्माण गरिएको होमस्टे पर्यटक नआउँदा प्रयोगविहीन भएको हो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बसेको घरलाई स्तरवृद्धि गरी होमस्टे बनाइएको थियो। तर, लामो समयदेखि प्रयोग नहुँदा बाँसले बारेको होमस्टेको संरचना कमजोर भएको छ । अहिले दिउँसो बस्ती घुम्न आउने पाहुनालाई खाना खुवाउने व्यवस्था भए पनि राती बास बस्न सक्ने अवस्था नरहेको फूलमाया वन करियाले बताउनुभयो ।

वनकरिया बस्तीलाई पर्यटनमार्फत चिनाउने उद्देश्यले होमस्टे निर्माण गरिएको थियो। आधुनिक शौचालय सहितको दुई कोठे होमस्टे बनाइएको थियो । वन करिया बस्तीकी अगुवा सन्तोषी वनकरियाले पर्यटक नआएकै कारण होमस्टे चल्न नसकेको बताउनुभयो ।  “पर्यटक नआएपछि पैसा भएन, मर्मत गर्न पनि सकिएन,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.