दाङमा अवैध हतियारसहित युवक पक्राउ

दाङ–घोराही उपमहानगरपालिका–१५ स्थित बिपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलवार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९ वर्षीय अजय विकले अवैध हतियार तथा गोली लुकाएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी नायब निरीक्षक सुरज सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले अजय बिक सुत्ने खाटमुनि राखिएको कालो रङ्गको जोर्डन लेखिएको पछाडि भिर्ने झोलाभित्र लुकाइ राखिएको अवस्थामा ० दशमलव ३२ बोर क्षमताको एउटा पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने चार वटा गोली र सात राउन्ड क्षमताको एउटा म्यागेजिन फेला पारेको हो ।

प्रहरीले ती हतियारसहित अजय विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.