लाखे नाच संरक्षण अभियान
वाद्यवादनलगायतका सामग्री हस्तान्तरण

नुवाकोट- नुवाकोटको विदुर नगरपालिकामा लाखे नाच संरक्षण अभियान सञ्चालन गरिएको छ । लाखे नाच प्रदर्शनका लागि वाद्यवादनलगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
“हाम्रो संस्कृति हाम्रो परम्परा, हाम्रो संस्कार हाम्रो धरोहर भन्ने नाराका साथ विदुर नपाले विदुर नपा ८ बगुवा बजारमा सदियौँ देखि चल्दै आएको लाखे नाच संरक्षणका लागि विविध सामग्रीहरू प्रदान गरेको हो । विदुर नपाका मेयर राजन श्रेष्ठले ती सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।
उहाँले स्थानीय पहिचान, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विदुर नपाले विशेष सक्रियता अपनाएको बताउनुभयो । उहाँले स्थानीय परम्परा र संस्कृति विदुर नपाको पहिचान भएको र यसको संरक्षणका लागि वाद्यवादनका साथै आवश्यक सामग्रीहरू प्रदान गरिएको बताउनुभयो ।
आवश्यक पाँच प्रकारका बाजागाजा र अन्य सरसामान हस्तान्तरण कार्यक्रममा मेयर श्रेष्ठका साथै विदुर ८ का वडाध्यक्ष कमल श्रेष्ठ, वडा सदस्य श्रीकृष्ण रिजाल, लाखे नाच संरक्षण समिति, सरोकारवाला तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्