पाल्पाको त्रिविमा पहिलो पटक आइटीको पठनपाठन हुने

पाल्पा- पश्चिम नेपालकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा पाल्पामा पहिलो पटक प्राविधिक विषयको पठनपाठन हुने भएको छ ।
यसै शैक्षिक सत्रदेखि क्याम्पसले विएससी सिएस आइटीको पठनपाठन सुरुवात गर्ने तयारी गरेको क्याम्पस प्रमुख डा. टङ्कप्रसाद पन्थले जानकारी दिनुभयो । यो विषयको पठनपाठन गराउनका लागि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत पाएको उहाँले जानकारी दिनुभयो । हाल कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि यो विषय प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय यो विषय अध्ययनका लागि विद्यार्थी आकर्षण देखिन्छ । यो विषय अध्ययनका लागि हाल पाल्पा र आसपास जिल्लाबाट विद्यार्थीहरू अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।
सूचना प्रविधिको विषयमा रुचि राख्ने विद्यार्थी र उनका अभिभावलाई बुटवल, काठमाण्डौं, पोखरा देखि छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता हटेको हो । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित यो कार्यक्रम ४ वर्षे अवधिमा ८ सेमेस्टर स्नातक तह बारावरको हुने छ ।






प्रतिक्रिया राख्नुहोस्