निर्माणाधीन पुल वर्षौँदेखि अलपत्र अवस्थामा

 धादिङ- धादिङको सदरमुकाम र धादिङकै शिद्धलेक गाउँपालिकामा पुल अलपत्र अवस्थामा रहेको वर्षै बित्दा समेत सरोकारवाल निकाय मौन बस्ने गरेको छ । पुल निर्माणको जिम्मा पाएका निर्माण कंम्पनी वर्षै देखी सम्पर्क विहीन हुँदा नत त्यस्ता कंम्पनीलाई   कारबाहीको दायरामा ल्याएको छ न त पुल निर्माणमा नै सरकारले चासो देखाएको छ । जसले गर्दा यस वर्ष पनि सुविधा जनक तरिकाबाट आवत जावत गर्न नपाएको भन्दै धादिङका स्थानीयले गुनासो पोखेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका र शिद्धलेक गाउँपालिकामा पर्ने थोपल खोलामा निर्माणाधीन पक्की मोटरेवल पुल अहिले लथालिङ्ग अवस्थामा रहेको छ ।पुलको स्लाव ढलान गरेर छाडिदिएको पनि बर्सै बित्यो तर पुलबाट मानिसहरू भने अवात जावत गर्न नपाएको गुनासो गरेका छन् । जसले गर्दा सवारी आवागमनमा समस्या आएको छ भने नगरपालिका क्षेत्र पनि निकै दुर्गम बनेको छ ।

नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ३ र १२ जोड्ने थापेल खोलामा निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र भएको पाँच वर्ष पुरा भई सक्यो भने शिद्धलेक गाउँपालिका स्थित कालिदहमा पनि थोपल खोला माथि निर्माण सुरु गरेको पुल चार वर्ष पुरा भई सक्यो त कुनै पुलले पनि अहिलेसम्म पूर्णता पाएको छैन । निर्माण कम्पनीहरूले गरेको लापरबाही ढिला सुस्तीका कारण स्थानीय उपभोक्ताले भने निकै सास्ती खेप्नु परेको गुनासो छ । दुवै पुलहरू बागमती प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास कार्यालयद्वारा निर्माण गरिएको हो ।

अहिले ती पुलहरू निर्माणमा नत पूर्वाधार विकास कार्यालय धादिङले चासो देखाएको छ न त निर्माण कम्पनीले नै यसको मारमा भने उपभोक्तहरु परेका छन् । शिद्धलेक गाउँपालिकाको कालिदह स्थित थोपल खोलामा पुल नबन्दा कुम्पुरका स्थानीय सडक भए पनि पैदल नै आवत जावत गर्न बाध्य छन् भने दैनिक उपभोग्य बस्तुहरू ओसार पसार महँगो भाडा तिरी घुमाउरो बाटो लग्न बाध्य छ ।

३० मिटर लम्वाईको सो पुल ४ करोडको लागतमा सुर्य कन्स्ट्रक्सन , श्री टंकेश्वर निर्माण सेवा र देवी थान निर्माण सेवाले संयुक्त रूपमा निर्माणको जिम्मा २०७८ सालमा १८ महिनामा काम सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको हो । यसै गरी नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ३ र १२ जोड्ने पक्की पुल भने पाँच वर्ष अघि निर्माण सुरु गरेको हो

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.