मन्दिरमा पूजा गरी त्रिशूलीमा हेलिइन् महिला

–खोजी कार्य जारी

नुवाकोट-  नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिरमा पुजाआजा गरी एक महिला त्रिशूली नदीमा हेलिएकी छन् । उहाँको खोजी भइरहेको छ ।

विदुर नगरपालिका ५ देबीघाटमा रहेको उक्त मन्दिरमा सोमवार बेलुकी पूजाआजा गरी खुर्सानेखोलाकी एक महिला मन्दिर किनारामै रहेको त्रिशूली नदीमा हेलिएकी हुन् । विदुर नपा ८ खुर्सानी खोला घर भएकी ५१ बर्सिया उमादेवी भट्ट जालपाददेवी मन्दिरमा पूजाआजा गरी त्रिशूलीमा हेलिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जालपाददेवी मन्दिरमा बेलुकी पूजा गरेपछि उनी बिस्तारै त्रिशूली नदीतिर अगाडि बढ्दै नदीमा हेलिएको जालपादेवि मन्दिरको सिसिटिभी फुटेजमा देखिएको स्थानीयवासी ता वडा सदस्य विनोद चित्रकारले बताउनुभयो । उहाँको खोजीमा परिवार, आफन्तजन तथा सुरक्षाकर्मी परिचालन भएका छन् ।

नदी किनारामा भेटिएको पछ्यौरा र चप्पलले नदीमा हराइरहेकी उमादेवीका पति रामप्रसाद भट्टले पहिचान गर्नुभएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.