पन्चकन्याका किसानहरु कांक्रो खेतिमा

नुवाकोट- नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्याका किसानहरु कांक्रो खेतिमा आकर्षित भएका छन् । कांक्रो खेतिवाटै किसानहरु आत्मनिर्भर वन्दै गइरहेका छन् ।
पन्चकन्यावासीले उत्पादन गरेको कांक्रो स्थानीय वजारका साथै ढिकुरे, छहरे, खरानीटार, काठमाडौ, विदुर, वट्टार, त्रिशूलीसम्म पुग्ने गरेको किसानहरुले वताए । काक्रो खेतीमा कृषकको आकर्षण वढिरहेको छ ।
पञ्चकन्याका घलेगाउँ, नेवारपानी, चुहान डाँडा, जैसिगाउका एकसय भन्दा धेरै घरधुरीले कांक्रो खेति गरेका छन् । स्थानीय कृषकहरु हाल आफ्नो बारीको कांक्रो बिक्री गर्ने चटारोमा छन् ।
रोपेको ४५ देखि ५० दिनमा फल्न सुरु भएको काक्रो तीन महिना भित्र सकिएर अर्को बाली लगाउन जमीन खाली हुने र अर्को वाली लगाउन सुरु गरिने स्थानीय कृषक फूलमान तामाङको भनाई छ । यो सिजनमा एकै जना किसानले एक लाख रुपैयाको कांक्रो बिक्री गरिसकेको पासाङ्ग लामाको भनाई छ ।
चाडपर्वको समयमा वजार तथा व्यक्तिले खरिद गरेर घरमै कांक्रो लैजाने गरेको किसानहरुले वताउनुभयो । यातायातको सहजतासंगै गाउंमा उत्पादित काक्रो वजार लगेर किसानहरुले विक्रि गरि आम्दानी गरिरहेको पन्चकन्या गाउँ पालिका अध्यक्ष तेजवहादुर तामाङ रमेशले वताउनुभयो ।
किसानहरु कांक्रो टिपेर वजार लैजाने व्यवस्थापनमा रहेका कारण यसले आम्दानीको भरपर्दो श्रोत कायम गरेको गापा उपाध्यक्ष विमला पाठक केसीको भनाई छ । किसानहरुको प्रवद्र्धनका लागि रुडेक नेपालले पनि किसानहरुलाई सहयोग गरिरहेको उहाँले वताउनुभयो।






प्रतिक्रिया राख्नुहोस्