हेटौंडामा डाक्टरमाथि हातपात, चिकित्सक संघद्वारा कानूनी कारबाहीको माग

मकवानपुर –  मकवानपुरको हेटौंडास्थित सिएमसि चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।
बुधबार साँझ करिब ७ बजे हेटौंडा–११ निवासी अजित विडारीले ड्यूटीमा रहेका डा. शाहमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। लडेर कुहिनोमा चोट लागेका बिरामीलाई रिफर गर्ने विषयमा विवाद भएपछि घटना भएको बताइएको छ ।
अस्पतालका निर्देशक डा. अकेश प्रजापतिका अनुसार सर्जन डाक्टरले बिरामी जाँच गर्न नपाउँदै आफन्तले रिफर गर्न दबाब दिएका थिए, जसका कारण विवाद उत्पन्न भएको थियो । उक्त घटनाको दृश्य अस्पतालको सिसिटिभी फुटेजमा समेत कैद भएको छ ।
घटनापछि नेपाल चिकित्सक संघ मकवानपुर शाखाले दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ ।  बिहीबार जारी विज्ञप्तिमा संघले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)” बमोजिम तत्काल कारबाही अघि बढाउन आग्रह गरेको हो ।
संघले चिकित्सकको मर्यादा र सुरक्षामा आघात पुग्ने घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कारबाही नगरे कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.