कोइलावास नाका पर्यटन मार्गको रुपमा विकसित

दाङ – दाङको कोइलावास नाका पर्यटन मार्गको रुपमा विकास भइरहेको छ । अहिले यही नाका भएर भारतीय पर्यटकहरु नेपाल भित्रिरहेका छन् । कुनै समय व्यापारीक नाकाको रुपमा स्थापीत यस नाका अहिले भने पर्यटन मार्गको रुपमा परिचित हुन थालेको हो ।
दाङ, रोल्पा, प्यूठान, रुकुम जिल्लाबाट पुर्खाहरु कोइलावासमा नुन किन्नकैलागि आउने गरेका थिए । त्यतिबेला कोइलावास एउटा चहलपहलपूर्ण बजार थियो । उतिबेला बनेका व्यापारीक भवन तथा घरहरु अहिले सुनसान र खण्डहर छन् । व्यापारीक नाकाको रुपमा स्थापीत भएर अहिले विस्थापीत भएको यहाँको नाका हिजो आज पर्यटकहरुको बाटोकोरुपा विकास हुदै गएको छ । धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुग्नकालागि भारत उत्तर प्रदेशका पर्यटकहरुले यही बाटो रोज्ने गरेका छन् ।
कोइलावास सम्म पनि आउने पर्यटकहरुको संख्या पनि उत्तिकै छ । स्थानीय सरकारको पहलमा यहाँ पर्यटनपूर्वाधारको केही संरचना थप भएका छन् । तर, ति संरचना अर्पयाप्त छन् । कोइलावास खोलामा साईकिलिङ्ग थपिएको छ भने पहिलानै बनेको झोलुंगे पुलमा पनि पर्यटक रमाउने गरेका छन् । पर्यटनसंग जोडिएका पूर्वाधारमा लगानी बढाउनुपर्ने भनाई स्थानीयहरुको छ ।
छिमेकी देश भारतसंग जोडिएको कोइलावास विस्तारै स्वरुप बदल्ने अवस्थामा छ । केही होटल व्यवसाय थपिएका छन् भने सरकारी संरचनाहरु पनि बन्ने क्रममा रहेका छन् । कोइलावासलाई लयमा पर्खाकाउन तीन तहका सरकारले बिशेष योजना बनाउनुपर्ने देखिन्छ ।






प्रतिक्रिया राख्नुहोस्