‘देश दर्शन, स्वास्थ्य र संवाद’सँगै—एफएनसीसीआईको ‘रानी कोट हाइकिङ २०८२’ सुरु
प्रकृतिको काखमा ऊर्जा र पर्यटन प्रवर्द्धनको सन्देश

भक्तपुर – सहरको कोलाहल, धुलो–धुवाँ र दैनिक भागदौडबीच थकित मानिसका लागि प्रकृतिको काख जहिले पनि औषधीजस्तै हुन्छ । यसैलाई आत्मसात् गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआई० ले यस वर्षदेखि नियमित हाइकिङ अभियान सुरु गरेको छ । ‘देश दर्शन, स्वास्थ्य र संवादका लागि हाइकिङ’ भन्ने नाराका साथ सुरु भएको अभियानको पहिलो यात्रा शनिवार भक्तपुरको सूर्य विनायकदेखि रानी कोटसम्म सम्पन्न भयो । जसले पर्यटन प्रवर्द्धनदेखि स्वास्थ्य सचेतना र आपसी सम्बन्ध सुदृढीकरणसम्मका बहु आयामिक सन्देश बोकेको छ ।
तीन दर्जन उद्योगी–व्यवसायीको उत्साही यात्रा
एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा आयोजित रानी कोट हाइकिङमा झन्डै तीन दर्जन उद्योग वाणिज्य क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
बिहानै सूर्य विनायक नगरपालिकाको गणेश मन्दिर परिसरमा जम्मा भएर अघि बढ्दै जाँदा प्राणी उद्यानको हरियालीले स्वागत ग¥यो । पाइलट बाबा, चुच्चेढुंगा हुँदै घ्याम्पे डाँडातर्फ उक्लँदा सूर्योदयका सुनिनहरे किरणहरूले हरेक पात–पात चम्किँदै पैदल यात्रुलाई नयाँ ऊर्जा दिइरहेको थियो । “सहरको कोलाहलबाट केही क्षण टाढा हुँदा मन नै हलुङ्गो भयो,” सहभागीले मुस्कुराउँदै भने थकाइभन्दा ठुलो थियो, आत्म स्पर्शी शान्तिको अनुभूति ।
चिसो स्पर्श र मन मुग्ध पार्ने रानी कोटको दृश्य
घ्याम्पे डाँडाबाट तीन किलोमिटरको उकालो पार गरेपछि यात्रुहरू १८० डिग्रीमा फैलिएको सेता हिमशृङ्खलाको दर्शनसहित रानी कोट पुग्छन् । शीतल हावा, घना जङ्गल, बाघ भैरवको ढुंगामूर्ति र स्थानीय जनजीवन तथा इतिहासको स्थिर मौनताबिच सबैलाई केही न केही सिकाएर पठाउने शक्ति राख्छ रानी कोट ।
महाँसंघको हाइकिङ टिम रानी कोट पुगेपछि पर्यटन व्यवसायी तथा भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक राम सुन्दर बकेले स्वागत गर्नुभयो ।
परिचयात्मक कार्यक्रमपछि उद्योगी–व्यवसायी र पत्रकारबीच आन्तरिक पर्यटनलाई कसरी प्रभावकारी बनाउने रु भन्ने विषयमा खुला छलफल भयो ।
छलफलका क्रममा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विभिन्न क्षेत्रमा हरेक हप्ता यस्ता हाइकिङ गतिविधि गरिने जानकारी दिनुभयो । “स्वास्थ्य सुधार, नेटवर्किङ र आपसी सद्भावसँगै आन्तरिक पर्यटनलाई निजी क्षेत्रबाटै प्रवर्द्धन गर्ने उद्देश्य छ ।” उहाँले भन्नुभयो, “सुन्दर स्थानको पहिचान तथा प्रचारमा निजी क्षेत्र अग्रसर हुनुपर्छ, जसले राज्यलाई पनि लगानीतर्फ प्रेरित गर्छ ।”
रानी कोट बन्यो युवाहरूको ‘हाइकिङ ं ध्यान’ गन्तव्य
पछिल्लो समय रानी कोट आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षक स्पट’ बन्दै गएको छ । राजधानीका युवा, ज्येष्ठ नागरिकदेखि कार्यालयका समूहसम्म बिहानै बाटो लागेर यहाँ आइपुग्छन् । कहिले ‘हाइकिङ ं ध्यान’ त कहिले ‘हाइकिङ ं कफी’ को अनुभव बटुल्न पुग्छन् । रिपोर्टहरूमा पर्यटकको चहलपहल बढ्दै गएको छ । यद्यपि स्थानीयहरू अझै पनि पूर्वाधार विकास ढिलो हुनु, सडक असहज हुनु र प्रचार–प्रसार अभावको गुनासो गरिरहेका छन् । तर, सबै थकाइ हराएर दक्षिण–पूर्वका हिमालहरू एकाएक आँखा अगाडि उभिँदा भने, पर्यटकभन्दा अघि बोल्छ प्रकृतिले दिएको मौनता । पर्यटक भन्छन्, “हामीले खोजेको रहेछ, एक क्षणको मौनता र आफूलाई भेट्ने मौका ।”
पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका
एफएनसीसीआईको हाइकिङ अभियानलाई सहभागी सञ्चारकर्मीहरूले निजी क्षेत्रमार्फत दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गर्न भ्याए । तनाव कम गर्ने, मानसिक स्वास्थ्य सुधार्ने र सामाजिक सम्बन्ध मजबुत बनाउने वैज्ञानिक तथ्यहरूले पनि यस्ता गतिविधिलाई अझ प्रभावकारी बनाइरहेको धारणा सञ्चारकर्मीको छ ।
स्वर्गीय मौनता खोज्नेहरूका लागि रानी कोट सहज विकल्प
सहरको भीडबाट केही समय टाढा रहन चाहनेका लागि रानी कोट सहज, नजिक र आत्मीय विकल्प बन्न थालेको छ । सूर्य विनायक गणेश मन्दिरको उकालो चढ्दै, घ्याम्पे डाँडामा चिया पिउँदै रानी कोटको चिसो स्पर्श महसुस गर्दा—जसको मनमा प्रकृतिप्रति मोह छैन, उसको पनि थकान हराएर नयाँ जीवन ऊर्जा सङ्कलन हुन थाल्छ । यदि तपाईँ पनि मन–मस्तिष्कलाई हलुङ्गो बनाउने ठाउँ खोजिरहनुभएको छ भने, रानी कोट एक पटक हिँडेर हेर्नुहोस् । किनकि धेरैले फर्कँदा यही भनिरहेका छन्, “आहा १ रानी कोट त साँच्चिकै स्वर्ग रहेछ ।”





प्रतिक्रिया राख्नुहोस्