सङ्खुवासभामा ६० मुरी धान उत्पादन गर्ने कृषक सम्मानित

सङ्खुवासभा – सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम कुमार थापा सम्मानित हुनु भएको छ । पाँचखपन –६ का कृषक थापाले यो वर्ष ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनु भएको छ । खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ ।
पाँचखपन नगरपालिकाभित्र सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकका रूपमा थापालाई नगद ३० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । कृषक थापाको खलामै पुगेर सम्मान पत्रसहित नगद ३० हजार रुपैयाँ दिएर सम्मान गरिएको पाँचखपन–६ का अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो । आर्थिक बर्ष २०८२÷०८३ को विनीयोजित बजेट ऐकैखला खेतमा सबैभन्दा बढि धान उत्पादन गर्नै कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम शिर्षक अन्तर्गत कृषकलाई थापा पुरस्कृत गरिएको हो । कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने कृषक थापालाई सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । कृषकको हौसला बढाउन तथा उत्पादनमा आधारित प्रोत्साहन दिन पुरस्कृत गरिएको उहाँको भनाइ छ । आगामी दिनमा पनि उत्पादनमा आधारित कृषक सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्