दिल्ली क्यापिटलमाथि रोयल च्यालेन्जर्स बेंगलोरको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग आइपीएलको गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले १ रनले दिल्ली क्यापिटलमाथि रोमाञ्चक जित निकालेको छ ।
अहमदावादस्थित मोदी स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।
हिजोको खेलमा कप्तान विराट कोहली सस्तैमा समेटिए पनि ए.वि. डिभिलि मर्सले अविजित ७५ रनको पारी खेल्दै बेंगलोरलाई सम्हालेका थिए ।
१७६ रनको जीत लक्ष बोकेर ब्याटिङमा उत्रिएको दिल्ली २० ओभरमा ४ विकेटको क्षतिमा १७० रनमा समेटिएपछि यो जीत बेंगलोरको हातमा गएको हो ।
बेंगलोरका ए.वि. डेभिलियर्स ४२ वलमा ७५ रन बनाउँदै अविजित रहँदा हिजोको खेलको म्यान अफ द म्याच घोषित भए । जीत सँगै बेंगलोर ६ खेलमा ५ मा जीत निकाल्दै १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने चेन्नई र दिल्ली क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
आज साँझ भने चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद आमनेसामने हुँदैछन।।





प्रतिक्रिया राख्नुहोस्