म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र चेल्सी शीर्ष चारमा पर्न सफल

काठमाडौं- ईङ्लिश प्रिमियर लिग ईपीएलको जारी सिजन सम्पन्न भएको छ। गए राति भएका अन्तिम खेलहरूमा जित निकाल्दै म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र चेल्सी शीर्ष चारमा पर्न सफल भए।
यी तीनै क्लबहरू लिग विजेता लिभरपुलसँगै च्याम्पियन्स लिगका लागि पनि छनोट भएका छन्। दोस्रो स्थानको म्यान्चेस्टर सिटीले नर्विचलाई शून्यका विरुद्ध पाँच गोलले पराजित गर्योर भने तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडसँग शून्यका विरुद्ध दुई गोलले हारेपछि लेस्टर सिटी पाँचौँ स्थानमै सीमित हुन पुग्यो। चौथौँ स्थानको चेल्सीले भने उल्भ्सलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्योो।
लिगमा २३ गोल गरेका लेस्टरका जेमी भार्डीले सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने गोल्डेन बुट जित्न सफल भए । नर्विच सिटीसँगै वार्टफोर्ड र बोर्नमाउथ भने रेलिगेशनमा परेका छन् ।।





प्रतिक्रिया राख्नुहोस्