स्वीट्जरल्याण्ड र स्पेनको जीत

जारी युरोकप २०२० अन्तर्गत आज बिहान सम्पन्न अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डले विश्वविजेता फ्रान्सलाई पराजित गर्दै क्‍वाटरफाइनलमा आफ्नो स्थान पक्का बनाएको छ ।

टाइब्रेकरमा युवा स्टार खेलाडी किलियन एम्बाप्पेले प्रहार गरेको पेनाल्टीलाई गोलरक्षक यान सोमरले विफल पारेपछि फ्रान्स युरो २०२० बाट बाहिरिएको हो । पहिलो हाफमा एक गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा बेन्जेमाले २ मिनेटको अन्तरमा २ सानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सका अर्का युवा खेलाडी पोग्बाले अर्को उत्कृष्ट गोल गर्दै फ्रान्सको अग्रतालाई दोब्बर बनाएका थिए । तर स्वीट्जरल्याण्डले अन्तिम मिनेटमा गोल बराबरी गर्दै खेललाई अतिरिक्त समयबाट टाइब्रेकरमा पुर्‍याएको थियो । टाइब्रेकरमा स्वीट्जरल्याण्डले ५-४ को जीत दर्ता गर्दै पहिलोपटक युरोकपको इतिहासमा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । अब स्वीट्जरल्याण्डले क्‍वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

गएराती सम्पन्न पहिलो खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । डेनमार्कको राजधानी कोपनहेगनमा सम्पन्न खेलमा कूल ८ गोल भए । पहिलो हाफको २०औं मिनेटमा स्पेनिस मिडफिल्डर पेड्रिकोले आफ्नै गोलरक्षकलाई दिएको ब्याकपास नियन्त्रणमा लिन नसक्दा स्पेनिस पोष्टमा आत्माघाती गोल हुन पुगेको थियो । तर खेलको ३८औं मिनेटमा गोल गर्दै स्पेनले पहिलो हाफ बराबरीमा रोकेको थियो ।

दोस्रो हाफमा भने स्पेनले थप चार गोल र क्रोएसियाले थप दुई गोल गर्दै खेल ५-३ गोलमा टुङ्गिएको थियो । २०१० को विश्व विजेता स्पेनले २०१८ को विश्वकप उपविजेता क्रोएसियालाई ५-३ गोलको निकैनै रोमाञ्जक खेलमा पराजित गर्दै आफ्नो क्‍वाटर फाइनलको यात्रा पक्का गरेको छ । युरोकप २०२० को प्रि-क्‍वाटरफाइनलका अन्तिम दुई खेलहरु आज बेलुकी खेलिदैछन् । जसअन्तर्गत पहिलो खेल इङ्ल्याण्ड र जर्मनीबीच बेलुकी ९.४५ बजे खेलिदैछ । त्यसैगरी दोस्रो खेल मध्यरात १२.४५ बजे स्वीडेनले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.