अब्दुल्लाह अल्मुताइरीको एन्फासँग सम्झौता
काठमाडौं- नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गर्नुभएको छ ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गर्नुभएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राससलाई जानकारी दिनुभयो ।
माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पु¥याउनुभएको अल्मुताइरी त्यतैबाट कुवेत फर्कनुभएको थियो । भारतविरुद्ध फाइनल खेल्नुअघि उहाँले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताउनुभएको थियो ।
साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३-० गोलअन्तरले पराजित हँुदै उपविजेता बनेको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीले तीन वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नुभएको छ । उहाँले छिट्टै आगामी दुई वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्