टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।

आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो ।

वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.