लकडाउने नेपालको उद्योग व्यवशाय नराम्ररी प्रभावित, उत्पादनमा करिव ७४ प्रतिशतले ह्रास

काठमाडौं- बन्दाबन्दीको अवधिमा ६१ प्रतिशत उद्योग-व्यवसाय पूर्णरुपमा बन्द रहेको छन् भने ३९ प्रतिशत उद्योग-व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका छन् ।

उद्योग-व्यवसायले झण्डै एक चौथाइ कर्मचारी-कामदार कटौती गर्नुका साथै सोही अवधिमा औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ ।

बन्दाबन्दीको अवधिमा ९६.७ प्रतिशत उद्योग-व्यवसायको उत्पादन पनि ७३.८० प्रतिशतले घटेको छ । देशका ५२ जिल्लामा रहेका ६७४ उद्योगी-व्यवसायीमाथिको सर्वेक्षणपछि नेपाल राष्ट्र बैंकले यो तथ्य निकालेको हो ।

केन्द्रीय बैंकको अनुसन्धान विभागले गरेको सर्वेक्षणमा सातै प्रदेशका नमुना सँकलन गरीएको थियो । सर्वेक्षणमा सहभागी उद्योगी-व्यवसायीले व्याजदरमा सहुलियत, लचिलो किस्ता (ब्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका प्रतिवेदनमा समेटिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.